नेफ्स्कुनले ग-यो नेकोस प्लस सफ्टवेयर तालिम

यही बैशाख १३ र १४ गते नेफ्स्कूनको आयोजनामा कञ्चनपुरमा नेकोस प्लस सफ्टवयेर तालिम सम्पन्न भएको छ । तालिममा ३० जना बचत तथा ऋण सहकारीकर्मीहरुको सहभागिता रहेको थियो । हालसम्म सुदूरपश्चिम प्रदेशमा ५० भन्दा बढी सहकारी संस्थाहरुले नेकोस प्लस सफ्टवयर प्रयोग गरिरहेको बताइएको छ । यो तालिम पश्चात थप ३० वटा बचत तथा ऋण सहकारी संस्थाहरुले सफ्टवयर जडान गर्ने भएका हुन् ।
दुई दिवसीय उक्त तालिमको उद्घाटन नेफ्स्कूनका सञ्चालक सदस्य माधव प्रसाद जोशीले उद्घाटन गर्नु भएको थियो । त्यस अवसरमा उद्घाटन मन्ततव्य व्यक्त गर्नु हुदै सञ्चालक जोशीले बचत तथा ऋण सहकारीी संस्थाहरुको वित्तीय सुशासन कायम गर्न नेकोस प्लस सफ्टवयेर अपरिहार्य रहेको र समय सापेक्ष ढंंगबाट यस सफ्टवयरमा नविन विशेषताहरु समेत थपिदै गएकोले सफ्टवयरको प्रयोग गरी सेवा प्रवाहमा गुणस्तरीयता र विश्वसनीयता कायम गर्न र सुशासित संस्था विकास गर्न सहयोग पुग्ने बताउनुभयो । तालिम सहजीकरण नेफ्स्कूनका सूचना अधिकृत राजन सुवेदीले सहजीकरण गर्नु भएको सो तालिमको सञ्चालन कञ्चनपुर फिल्ड ईन्चार्ज बिष्णुदत्त जोशीले गर्नुभएको थियो ।