ग-यो गाम्चा साकोसले जेष्ठ नागरिक , एकल महिला र फरक चालचलन भएका सदस्यहरुलाई सम्मान

भक्तपुरको सूर्यविनायक नगरपालिका-४, गाम्चा चोकमा रहेको गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो सस्थामा आवद्ध जेष्ठ नागरिक , एकल महिला र फरक चालचलन भएका शेयर सदस्यहरुलाई सम्मान गरेको छ । सूर्यविनायक नगरपालिकाका मेयर वाशुदेव थापाको प्रमुख आतिथ्य र सो संस्थाका अध्यक्ष विकास खडकाको अध्यक्षतामा रेन्बो सेकेण्डरी स्कुल , गाम्चामा सो कार्यक्रम सम्पन्न भयो । उक्त संस्थाका उपाध्यक्ष देवलाल राजथलाले स्वागत र सचिव विदुर खड्काले सञ्चालन गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि थापा र कार्यक्रमका अध्यक्ष खड्काले २२५ जना शेयर सदस्यहरूलाई दोसल्ला ओडाई नगद, तथा प्रमाण-पत्र प्रदान गरी सम्मान गर्नु भयो ।
गाम्चा चोकमा आफ्नै भवन निर्माण गरिरहेको गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.ले ‘लघुवित्त समुहहरु’ गठन गरी ती समूहहरु मार्फत लघुवित्त कार्यक्रम सञ्चालन गरी सामाजिक , आर्थिक तथा सांस्कृतिक रुपान्तरणमा योगदान गरिरहेको देखिन्छ ।