नेचुरल साकोसले शुरु ग-यो एटीएम सेवा

काठमाडौंको जोरपाटीमा केन्द्रीय कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १२ औँ वार्षिक उत्सवको अवसरमा यही मंगलबारबाट एटिएम सेवा सञ्चालन सुरु गरेको छ । सो एटीएम सेवको शुभारम्भ राष्ट्रिय सहकारी बैंक लि. का अध्यक्ष के.वी. उप्रेतीएले गर्नुभयो । सो अवसरमा बोल्दै अध्यक्ष उप्रेतीले यो एटीएम सेवाबाट यस संस्थाका सदस्यहरुलाई लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यस अवसरमा बोल्दै सो संस्थाका कार्यकारी सञ्चालक विकल्प पाठकले यस सहकारीलाई आधुनिक तथा थप प्रविधि मैत्री बनाउने क्रममा एटीएम सेवा सञ्चालनमा ल्याएको बताउनुभयो । प्रविधिको प्रयोगबाट कारोबारहरु गर्दा छिटो , छरितो , सहज र पारदर्शी हुने भएकाले संस्थाले प्रविधिको प्रयोगमा जोड दिँदै आएको उल्लेख गर्नुहुदै एससीटी नेटर्वकसँग सहकार्य गरी यो एटीएम सेवा सुरु गरिएको उहाँको भनाई थियो । अब यस सहकारीका सदस्यले एससीटी नेटर्वकको एटीएम बुथमा गएर चाहेको समयमा तुरन्तै पैसा निकाल्न सकिने व्यवस्था गर्नुका साथै किनमेल गर्दा पनि यो एटीएम कार्डको प्रयोग गर्न सकिने कार्यकारी सञ्चालक पाठकको कथन छ।
सहकारीलाई आधुनिक तथा थप प्रविधि मैत्री बनाउने क्रममा यस अघि नै सो संस्थाले ‘नेचुरल स्मार्ट बैकिङ’ को सुरु गर्नुका साथै अनलाईनबाटै खाता खेल्न समेत सकिने ब्यवस्था पनि गरेको छ ।