अर्घाखाँचीमा नेफ्स्कुनको कार्यशाला गोष्टि सम्पन्न

0 Shares

नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कुन)को आयोजनामा ‘साकोस जोखिम बिश्लेषण’ विषयक कार्यशाला गोष्टि सम्पन्न भएको छ । अर्घाखाँची जिल्ला वचत तथा ऋण सहकारी संघ लि.ले समन्वय गरेको सो गोष्टि नेफ्स्कुन संचालक एवं ५ न. प्रदेश संयोजक श्री कुष्ण नेपालको अध्यक्षता, सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसालको प्रमुख अथित्यतामा सम्पन्न भयो । त्यस अवसरमा नेफ्स्कुनका महासचिव श्री चन्द्रप्रसाद ढकालले गोष्टिको औचित्य प्रकाश पार्नु भएको थियो ।  अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष प्रकाश भुसाल प्रशिक्षणत्मक स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त गोष्टिमा सो संघका उपाध्यक्ष  द्रोणप्रसाद भुसाल सहकारीअर्चाखाची जिल्लामा सञ्चालनमा रहेका ३१ वटा सहकारी संस्थाहरुका ६५ जना प्रतिनिधिहरुको सहभागिता रहेको आयोजकको भनाई छ  ।

कार्यक्रमबाट बचत तथा ऋण सहकारी संस्थाहरुमा हुन सक्ने जोखिम ब्यवस्थापनका लागि समीक्षा गरी अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का आगामी नीति तथा कार्यक्रम , नेफ्स्कुन र पालिकाहरुसँग सहकार्य गर्न यही बैशाख २७ गते शुक्रबार बिहान ११ बजे  सन्धिखर्कस्थित अर्घाखाँची उद्योग बाणिज्य संघको हलमा विशेष भेला गर्ने निर्णय गरिएको जनाइएको छ । भेलामा सहभागीताको लागि अर्घाखाँची  जिल्लाभरका सबै बचत तथा ऋण सहकारी संस्थालाई अनिवार्य उपस्तिथिको लागि आमन्त्रण गरिएको  छ।

Leave a Reply