संघीय संसदमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश , ‘मेरो सरकार’ भनेकोमा राष्ट्रपति भण्डारी आलोचित

0 Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो अपरान्ह संघीय संसदमा नेपाल सरकारको आर्थिक वर्ष २०७६/७७ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्नु भएको छ । १ घण्टा ५० मिनेट लगाएर बा गरिएको सो नीति तथा कार्यक्रममा कर्मचारीको तलव , बृद्ध भत्ता बढ्ने संकेत गरिएको छ भने कृषि , पर्यटन , खानीको उत्खनन् , रोजगारी सिर्जना लगायत उल्लेख गरिएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सासदहरुले  यो कार्यक्रम कार्यान्वयन हुन सकेमा यसले देशको आर्थिक समृद्धि हासिल गर्न कोसेढुङ्गा सावित हुने बताइरहेका  छन् । यता प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भने यो कार्यक्रमलाइ झुटको पुलिन्दा भनिरहेको छ । भूतपूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारहरुसँग कुरा गर्दै यो नीति तथा कार्यक्रम पुरानोको निरन्तरता मात्रै हो , यसमा नयाँ केही छैन भन्नुभयो । अर्को प्रतिपक्षी दल राजपाका नेता लक्ष्मणलाल कर्णले यो कार्यक्रम सर्र हेर्दा सबै चिज भए जस्तो देखि  पनि त्यसमा हुन चाहिँ केही नभएको प्रतिक्रिया दिनुुुुभयो ।

 

वार्षिक नीति तथा कार्यक्रम बाचन गर्दा ‘मेरो सरकार’ भनेकोमा राष्ट्रपति भण्डारी आलोचित

 

हिजो संघीय संसदमा नेपाल सरकारको आर्थिक वर्ष २०७६/७७ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पटक-पटक  ‘मेरो सरकार’ उच्चारण गरेको प्रति आलोचना भएको छ । नेपाली काँग्रेस लगायतका दलका नेताहरुले राष्ट्रपति भण्डारीले त्यसरी ‘मेरो सरकार’ भनेकोमा असन्तुष्टि जनाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अर्जुन कार्कीले सहकारी सञ्जालसँग कुरा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीको व्यवहार पूर्व राजाहरुको जस्तै झल्को दिने खालको अनभूति गर्ने गरिएको टिप्पणी गर्दै नेपाल सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम संघीय संसदमा वाचन गर्ने क्रममा राष्ट्रपति भण्डारीले नेपाल सरकारको सट्टा ‘मेरो सरकार’ भन्नु दु:खद भएको बताउनुभयो । बर्तमान सरकारको अघिल्लो वर्षको वार्षिक  नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्दै गर्दा त्यो नीति तथा कार्यक्रमबाट नागरिकहरुको ध्यान अन्यत्र मोड्न गत वर्ष पनि यस्तै प्रपञ्च रचिएको उल्लेख गर्दै उहाँले यस वर्ष पनि बर्तमान नेपाल सरकारले संघीय संसदमा पेश गरेको नीति तथा कार्यक्रममा भएका कमजोरीप्रति नागरिकहरुबाट विरोध हुने भयले उक्त नीति तथा कार्यक्रमबाट नागरिकहरुको ध्यान अन्यत्र मोड्न  बर्तमान खड्गप्रसाद शर्मा ओली नेतृत्वको नेपाल सरकारको योजना मुताविक राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल सरकार’को सट्टा ‘मेरो सरकार ‘उच्चारण गर्नु भए जस्तो आफूलाई लाग्छ भन्नुभयो ।  “उहाँले झुक्किएर या जिब्रो चिप्लिएर ‘मेरो सरकार’ उच्चारण गर्नु भए जस्तो लाग्दैन तर जे जसरी उच्चारण गरेपनि त्यो दु:खद पक्ष हो ”

 

 

Leave a Reply