संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी वीच भयो एकता , नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल

0 Shares

लामो समयको प्रयासपछि अन्तत: आज उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम , नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी वीच एकता भएको छ । दुई पार्टी एक भएपछि बनेको नयाँ पार्टीको नाम समाजवादी पार्टी , नेपाल रहेको छ । बर्तमान खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारका उप-प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव समाजवादी पार्टी , नेपालको अध्यक्ष र संसदीय दलको नेता र डा. बाबुराम भट्टराई सो दलको संघीय परिषदको अध्यक्ष बन्नु भएको छ । संघीय संसदको  प्रतिनिधिसभामा १७ जना सांसद रहेको सो दलको  २५ सदस्यीय पदाधिकारीमा पूर्व फोरमका तर्फबाट १६ र पूर्व नयाँ शक्तिका तर्फबाट ९ जना रहनु हुनेछ । उक्त पार्टीको झण्डा भने पूर्व फोरमको रहनेछ । चुनाव चिन्ह भने टुङ्गो लागि नसकेको बताइएको छ ।

राजावादी दलका साथै नेपाली काँग्रेस र वाम दलहरु छाडेका व्यक्तिहरु रहेको यो दलमा पूर्व वामपन्दीहरुको बर्चस्व रहेको बताइएको छ ।

यी दलहरुसँगै राष्ट्रिय जनता पार्टी र जनमुक्ति पार्टी वीच पनि एकता बार्ता भएको थियो तर राष्ट्रिय जनता पार्टीले संघीय समाजवादी फोरमले सरकार छाड्नु पर्ने सर्त राखेकाले फोरम र नयाँ शक्ति बीच मात्रै एकता भएको हो । समाजवादी पार्टी , नेपाल बैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाएको सो दलका नेताहरूको कथन छ ।

Leave a Reply