ओली सरकारको राष्ट्रघात , फासीवाद र भ्रष्टाचारको विरोधमा ५ वाम दलले गरे राजधानीमा विरोधसभा

0 Shares

बर्तमान खड्गप्रसाद शर्मा ओली नेतृत्वको नेपाल सरकारले राष्ट्रघात , फासीवाद र भ्रष्ट्राचार गरेको भन्दै मोहन बैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , नेत्रविक्रम चन्द’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , सी.पी. गजुरेल ‘गौरव’ नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा र गोपाल किराती ‘साहिला’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले हिजो काठमाडौंको रत्नपार्क- शान्तिवाटिका विरोधसभा गरे ।

सरकारको प्रतिवन्धका कारण विरोधसभामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरु विरोधसभामा देखिएन । सो विरोधसभामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माथि ओली सरकारले लगाएको प्रतिबन्धको सबै बक्ताहरुले विरोध गर्नुभयो । उहाँहरुले वर्तमान   ओली सरकारले गरेका राष्ट्रघात , जनघात र  भ्रष्टाचारको विरोध गर्नुभयो । विरोधसभालाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल , देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सी.पी. गजुरेल , नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य रामसिंह श्रीस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष गोपाल किरातीले सम्बोधन गर्नुभयो । त्यस अवसरमा सामना परिवारका कलाकारले जनवादी गीत गाउनु भएको थियो ।

Leave a Reply