को-अपरेटिभ म्यानेजर्स क्लव कास्कीले ग-यो सहकारीमा लेखा तथा कर व्यवस्थापन तालिम

0 Shares

को-अपरेटिभ म्यानेजर्स क्लव कास्कीको आयोजनामा हिजो २ दिने ‘सहकारीमा लेखा तथा कर व्यवस्थापन तालिम’ सम्पन्न भएको छ।
५० वटा सहकारी संस्थाका ५५ जना प्रतिनिधिहरु सहभागी उक्त तालिममा चार्टर्ड एकाउन्टेन्ट राजकुमार फुयालले सहजीकरण गर्नु भएको बताइएको छ ।

भर्खर मात्र आयकर ऐनमा संशोधन हुँदा सहकारी संस्थामा कर कसरी दाखिला गर्ने भन्ने विषयमा अन्यौल भइरहेको समयमा सम्पन्न यो तालिम अति उपयोगि भएको सो क्लवका सचिव अपिल कोईरालाको भनाई छ ।

तालिममा सहकारी संस्थामा व्यवस्थित तरिकाले कसरी लेखा राख्ने , आयकरको गणना कसरी गर्ने, टीडीएस(TDS) हरुको दाखिला कुन- कुन समयमा गर्ने, पारिश्रमिक कर कसरी गणना गर्ने, इटिडिएस(ETDS) कसरी गर्ने, राजश्वको शीर्षकहरु के के हुन्छन् , समयमा कर दाखिला नगरेमा के हुन्छ , कति रकम र कस्तो विलको टिडिएस (TDS)कसरी गर्नुपर्दछ, आयकर ऐनमा सहकारी सम्बन्धी के व्यवस्था छ, वासलात र आय विवरण कसरी बनाउने लगायतका  विषय सहभागीहरुलाई सिकाएको आयोजकको कथन छ ।
उक्त क्लवका अध्यक्ष मीलन ढकालले ‘यस क्लवले विगतमा दर्जनौ तालिमहरु सञ्चालन गरी सकेको र भाविष्यमा पनि सहकारी सम्बन्धी वहुउपयोगी तालिमहरु सञ्चालन गर्ने उल्लेख गर्दै तालिममा सिकेको ज्ञान र सीप आ-आफ्नो संस्थामा तुरुन्त लागू गर्न सहभागीलाई आग्रह गर्नुभयो । “तालिम लिनु मात्र ठुलो कुरा हैन , त्यसलाई कतिको प्रयोगमा ल्याइयो भन्ने विषय महत्वपुर्ण हुन्छ”  ढकालको थप भनाई छ । “सीएमसी (CMC) कास्कीले सहकारी अभियानमा नयाँ ढंगले काम गरिरहेको र आगामी दिनमा अझ थप सशक्त भएर आफ्ना कार्यक्रमहरु सञ्चालन गर्नेछ” ।

 

Leave a Reply