राष्ट्रिय सहकारी बैंक लि. , बर्दिबास शाखाले ग-यो गोष्टि

0 Shares

राष्ट्रिय सहकारी बैंक लिमिटेड , बर्दिवास शाखाको आयोजनमा  ‘सहकारी नियमावली तथा कर’ विषयक गोष्टि हालै बर्दिबासमा सम्पन्न भयो ।

पूर्व सभासद एवं राष्ट्रिय सहकारी महासंघ लि.का उपाध्यक्ष ओमदेबी मल्लको प्रमुख आतिथ्यता र राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक एवं २ नं.  संयोजक विश्वनाथ मण्डलको अध्यक्षतामा सम्पन्न गोष्टिमा सो बैंकका अध्यक्ष के. बी. उपेती , राष्ट्रिय सहकारी महासंघ लि.का संचालक रामचन्द्र कुशवाहा , सो बैंकका सञ्चालक ध्रुवनारायण यादव , कार्यकारी प्रमुख बद्रीप्रसाद गुरागाई ,     महोत्तरी जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष कृष्णबहादुर सिंह , बर्दिवास सहकारी सञ्जालका अध्यक्ष शंंकरकुमार श्रेष्ठ , महिला सहकारी सञ्जालका अध्यक्ष शारदा दाहाल , बर्दिवास न.पा. का सहकारी विभागका प्रमुख प्रेमा कार्की , रााष्ट्रिय सहकारी बैंक लि. , बर्दिबास शाखाका  पूर्व समन्वय समितिका सदस्य  लीलामणि आचार्यले आ-आफ्नो मन्ततव्य व्यक्त गर्नु भएको थियो । गोष्टिमा  विभिन्न सहकारी संस्थाका अध्यक्ष, संचालक, ब्यबस्थापक तथा कर्मचारीहरूकाे बाक्लो उपस्थिति रहेकाे थियोे । उक्त अवसरमा जिल्ला सहकारी संघ लि. , महोत्तरीको अध्यक्ष  लक्ष्मणप्रसाद यादवले स्वागत तथा सो बैंकका बर्दिबास शाखाका प्रमुख लोकेेन्द्र के.सी. ले सञ्चालन गर्नु भएको गोष्टिमा सो बैंकका तालिम अधिकृत नवल अधिकारीले त्यस बैंकको  गतिविधि  प्रस्तुत गर्नु भएको थियो । गोष्टिमा अतिथि र सहभागी बीच प्रश्नोत्तर भएको थियो । सो अवसरमा सो बैंकको रु. १० लाखभन्दा बढीको शेयर खरिद गरे बापत बर्दिवास बचत तथा ऋण सहकारी संस्था  लि. , समाज बचत तथा ऋण सहकारी संस्था लि. तथा महिला केन्द्र बहुउद्देश्यीय सहकारी संस्था लि.को अध्यक्ष एवम ब्यबस्थापकहरुलाइ खादा ओडाई  टीका लगाएर सम्मान गरिएको थियो ।

Leave a Reply