ग-यो राष्ट्रिय सहकारी बैंकले पर्ल्स विश्लेषण तालिम
राष्ट्रिय सहकारी बैंक लिमिटेडको मुख्य शाखा कार्यालय ललितपुरको आयोजनामा सञ्चालित तीन दिने पर्ल्स बिश्लेषण तालिम आज एक कार्यक्रमका बीच सम्पन्न भयो।


काठमाडौंको त्रिपुरेश्वर स्थित World Trade Center को सभाहलमा सम्पन्न सो कार्यक्रमको समापन समारोहमा बोल्दै उक्त बैंकका तालिम विभाग प्रमुख रामबाबु आचार्यले सहकारीमा हुने कारोवारलाई बिधिसंंगत ढंगबाट सञ्चालन गर्न यो पर्ल्स विश्लेषण तालिम महत्वपूर्ण हुने हुदा यो तालिममा सिकेका विषयहरु ब्यबहारमा ल्याई आफ्नो कार्य दक्षता बढाऊन सहभागीलाई आग्रह गर्नुभयो |
बैंकको मुख्य शाखा प्रमुख सुनील महर्जनको सञ्चालनमा भएको कार्यक्रमलाई अनिलवीर बज्राचार्यले सहजीकरण गर्नुभयो |
ललितपुर क्षेत्रका २० सहकारी संघ/
संस्थाहरुका २२ जना सहकारीकर्मीहरुको तालिममा सहभागिता रहेको उक्त बैंकका मुख्य शाखाका कर्मचारी शिव पण्डितको भनाई छ ।
