१५औँ स्थापना दिवसका अवसरमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले ग-यो सहकारी नियमावली सम्बन्धी अन्तर्क्रिया

0 Shares

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले  आफ्नो १५ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाईरहेको बताएको  छ । बैशाख २६ गते सो संघको स्थापना भएको १५ वर्ष पुग्दैछ । 

आफ्नो १५औँ स्थापना दिवसको अवसरमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा यही बैशाख २३ गते सहकारी नियमावली , २०७५ को विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीको प्रमुख आतिथ्यता र सो संघका अध्यक्ष कृष्णगोविन्द लाखाजूको अध्यक्षतामा तलेजू बैंक्वेट राम मन्दिर ,भक्तपुरमा सो अन्तर्क्रिया समपन्न भयो । सो अवसरमा प्रमुख अतिथि मैनालीले सहकारी अभियानसँग लामो छलफल गरी सहकारी नियमावली जारी भएकोले यो नियमावली सहकारी मैत्री रहेको बताउनुभयो । यो नियमावली अनुसार गर्नु पर्ने काम धेरै बाँकी रहेको उहाँको मनाई छ । दक्ष जनशक्ति , स्रोत साधन र बजेटको अभाव झेलिरहेको अवस्था औल्याउदै सहकारी संघहरुलाई बलियो बनाउन छाता संगठन ऐनको आवश्यकता रहेको उहाँले बताउनुभयो ।  सोही अवसरमा बोल्दै नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी संघ लि. (नेफ्स्कून)का अध्यक्ष डी.वी. बस्नेतले सहकारी ऐन धेरै फराकिलो भई सकेकोले बचत तथा ऋण सहकारीको छुट्टै ऐन आवश्यक रहेको बताउनुभयो । नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी संघ लि.(नेफ्स्कून) का पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्गले सहकारी प्रजातन्त्रको पहिलो पाठशाला हो भन्नु हुँदै सहकारी अभियान र राष्ट्रिय सहकारी बैंक लि. फरक रहेको बताउनुभयो ।

त्यस अवसरमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले सो संघको स्थापनाको स्मरण गर्दै गैर-समुदायमा आधारित सहकारी संस्थालाई निरुत्साहित पारी समुदायमा आधारित सहकारी संस्था विकास र प्रवर्द्धन गर्न संघको स्थापना भएको बताउनुभयो । अध्यक्षको आसनबाट बोल्दै सो संघका अध्यक्ष कृष्णगोविन्द लाखाजूले सहकारी नियमावलीमा भएका कमिकमजोरी उल्लेख गर्दै जनसंख्याको आधारमा सहकारीलाई नियन्त्रण गर्ने कुरा गलत रहेको बताउनुभयो । सो संघका सचिव जगन्नाथ प्रजापतीले सञ्चालन र अर्का सचिव काञ्छाभक्त घजुले स्वागत मन्तव्य व्यक्त गरेको सो अन्तर्क्रिया कार्यक्रममा उक्त संघका उपाध्यक्ष हरि बल्लले सहकारी नियमावली , २०७५ प्रस्तुत गर्नुभयो ।

उक्त अवसरमा ६२औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा गत चैत २० गते भक्तपुरमा सम्पन्न प्रभातफेरी कार्यक्रममा सहभागी भक्तपुर जिल्लामा सञ्चालित सहकारी संस्थाहरुमध्ये उत्कृष्ट  सहकारी संस्थाहरु क्रमश: श्रमिक बचत तथा ऋण सहकारी संस्था लि. , वालकुमारीबचत तथा ऋण सहकारी संस्था लि. , श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लि. , भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. , जनता बचत तथा ऋण सहकारी संस्थ लि. , इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लि. , पाँचो गणेश बचत तथा ङण सहकारी संस्था लि. , सामुहिक बचत तथा ऋण सहकारी संस्था लि. र कमलविनायक बचत तथा ङण सहकारी संस्था लि.लाई पुरस्कृत गरियो ।

भक्तपुर जिल्लामा सञ्चालनमा रहेका ४७३ वटा बचत तथा ऋण सहकारी संस्थाहरुमध्ये भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मा १९५ वटा बचत तथा ऋण सहकारी संस्थाहरु सदस्य रहेको र सो संघमा रु. ४७ करोड ७२ लाखको कारोवार रहेको त्सय अवसरमा बताइयो । यो संघमा सदस्य रहेका सहकारी संस्थाहरुमध्ये सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्था लि. , वालकुमारी बचत तथा ऋण सहकारी संस्था लि. र भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को कारोवार अरवभन्दा माथि रहनुका साथै यस संघका सदस्यहरुमध्ये शुभकामना बचत तथा ऋण सहकारी संस्था लि. सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्था लि. , बाराही बचत तथा ऋण सहकारी संस्था लि. र उपकार बचत तथा ऋण सहकारी संस्था लि. एक्सेस ब्राण्डका संस्था रहेका छन् । यो संघका सदस्य रहेका १९५ वटा संस्थाहरुको कूल सम्पति रु. २३ अरव ९५ करोड ९९ लाख २८ हजार रहेको छ , जो सो संघमा सदस्य नरहेका भक्तपुर जिल्लामा सञ्चालित बाँकी बचत तथा ऋण सहकारी संस्थाहरुको कूल सम्पतिभन्दा धेरै बढी रहेको आयोजकको भनाई थियो ।

Leave a Reply