सहकारीमा बद्मासी गर्नेलाई कडा कारवाही गर्ने – सहकारी मन्त्री अर्याल

0 Shares

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले झोले सहकारीका कारण सहकारी क्षेत्रमा समस्या आएको उल्लेख गर्नु हुदै सहकारी मर्जरमा जानुपर्नेमा जोड  दिनु भएको छ ।
सहकारी नियमावली, २०७५ बारे जानकारी दिन भूूूूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालय सिंहदरवारमा मंगलबार आयोजना गरिएको कार्यक्रममा अर्यालले सहकारी संघ/संस्थाहरुको संख्या धेरै नै  भएकाले अनुगमन र निरीक्षण गर्न कठिनाई भएपछि सहकारीलाई मर्जरमा जान प्रेरित गर्नु गरेको  बताउनुभयो । सहकारीमा एक ठाउँमा बदमासी गरेर अर्को ठाउँमा पुगेर ऋण लिने प्रवृत्ति बढेको उल्लेख गर्दै यसलाई रोक्न अुनगमन र नियमन बढाई सहकारीमा बद्मासी गर्नेलाई कडा कार्वाही गरिने मन्त्री अर्यालको भनाई थियो । सहकारी नियमावलीमा व्यवस्था गरिएको कर्जा सूचना केन्द्रले पनि यो प्रवृत्ति रोक्न टेवा पुग्ने उहाँको थप भनाई थियो । सहकारी संस्थाहरु निजी कम्पनी मोडलमा सञ्चालन भएको भन्दै त्यसप्रति उहाँले चिन्ता  व्यक्त गर्नुभयो ।  सो अवसरमा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारी  ऐन , २०७४ मा भएका प्रावधानलाई पूर्ण  रुपमा कार्यान्वयनमा ल्याउन नियमावली जारी गरेको उल्लेख गर्दै सहकारीमा कारबाही हुने अवस्था आउन नहुने बताउनुभयो । सहकारी स्व-नियमन गर्ने संस्था भएकाले यो आफैं अनुशासित हुनुपर्ने बताउदै उहाँले सहकारी क्षेत्रमा भएका बेथितिलाई हटाउँदै जानुपर्ने विचार व्यक्त गर्नु भयो ।
सो कार्यक्रममा सहकारी विभागका रजिस्ट्रार टोकराज पाण्डेले सहकारी नियमावली , २०७५ मा सहकारीलाई थप व्यवस्थित गर्ने विषय समेटिएको उल्लेख गर्दै सहकारी ऐन , २०७४ र सहकारी नियमावली २०७५ मा भएका व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । सहकारी नियमावली , २०७५ मा सहकारीको नियमन, ब्याजदर , सहकारी एकीकरण, प्रवद्धन लगायत धेरै विषय समेटिएको उहाँको भनाई थियो ।

सहकारी ऐन , २०७४ जारी भएको डेड जतिपछि नेपाल सरकार, मन्त्रीपरिषदबाट २०७५ चैत्र २७ गते पारित भएको सहकरी ऐन , २०७५ यही चैत २३ गये सार्वजनिक गरिएको थियो भने यही चैत २४ गते सो नियमावलीमा भएको व्यवस्थाबारे जानकारी दिन उक्त कार्यक्रम गरिएको बताइएको छ ।

Leave a Reply