सीतापाइला सहकारीको चिसापानी महिला समूहको छलफल सम्पन्न
हिजो काठमाडौंको सीतापाइलामा रहेको सीतापाइला बहुउद्देश्यीय सहकारी संस्था लि. द्वारा सञ्चालित लघुबित्त कार्यक्रम अन्तर्गत चन्द्रागिरी नगरपालिका ,बाडभन्याङस्थित चिसापानी महिला समूहको मासिक छलफल सम्पन्न भयो । छलफलमा सो सहकारी संस्थाका सचिब सविना शाक्य , लघुबित्त बिभागका हरिहर भारती र महिला सशक्तिकरण तथा लधुबित्त उपसमितिका सदस्य रमा ढकाल लगायतले आ-आफ्नो विचार व्यक्त गर्नुभयो । त्यस अवसरमा उक्त समूहका ५२ जना सदस्हरुकाे सहभागिता रहेको जनाइएको छ ।
