विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) का अध्यक्ष ढकाललाई प्रहरीले गरेको गिरफ्तार विरुद्ध ११ विद्यार्थी संगठन र ललितपुर बार

0 Shares

काठमाडौंको अनामनगरमा रहेको यूनियन हाउसमा ११ विद्यार्थी संगठनको संयुक्त पत्रकार सम्मेलन चलिरहेको बेला नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाललाई पत्रकार सम्मेलनस्थलबाटै प्रहरीको गरेको गिरफ्तारको  विरोधमा ११ विद्यार्थी संगठन र ललितपुर बार एसोसिएसनले विज्ञप्ति विरोध गरेका छन् । 

प्रहरीले गिरफ्तार गरेका अध्यक्ष ढकाललाई महानगरीय प्रहरी परिसर टेकु , काठमाडौंमा राखिएको छ । अध्यक्ष ढकालमाथि अनुसन्धान भइरहैको महानगरीय प्रहरी परिसर , काठमाडौं स्रोतले जनाएको छ । अध्यक्ष ढकाललाई प्रहरीले गिरफ्तार गरे लगत्तै ने.वि. संघका नेता ऋषिकेशजङ्ग शाह सहितका विभिन्न विद्यार्थी संगठनका नेताहरु महानगरीय प्रहरी प्रहरी परिसर , टेकुमा भेट्न गएका दिए ।उहाँलाई गिरफ्तार हुन नदिन आफूहरुले कोसिस गरे पनि सम्भव भएन’ ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल विद्यार्थी यूनियनका प्रमुख प्रवीण मिश्रको भनाई छ ।

 

Leave a Reply