काँग्रेस एक भए नेपालबाट कम्युनिष्ट सकिन्छन् : शशांक कोइराला , ओली सरकारले संसदीय धज्जी उडाइरहेको छ : प्रकाशमान सिंह

0 Shares

नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाली काँग्रेस एक भएको दिन नेपालबाट कम्युनिष्टहरु सकिने बताउनु भएको छ । नेपाली काँग्रेस बुटवल नगर अधिवेशनन उद्घाटन गर्नु हुँदै उहाँले नेपाली काँग्रेस  किन एक हुन सकिरहेको छैन , आफूले बुझ्न नसकेको उहाँको भनाई छ । सो अवसरमा बोल्नु हुदै पूर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले बर्तमान ओली सरकारले संसदीय मर्यादा विपरीत काम गरिरहेको बताउनुभयो । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले बर्तमान सरकारले जनहितमा काम गर्न सकेको बताउनुभयो ।त्यस अवसरमा बोल्दै नेपाली काँग्रेसका नेता धनराज गुरुङले जथाभावी नेपाली नागरिक वितरण गर्न नहुनेमा जोड दिनुभयो । सो अधिवेशनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा रुपन्देही -२ का सांसद विष्णु पौडेल बालुवाटार जग्गा विवादमा मुछिएकोप्रति विरोध गरिएको बताइएको छ ।यसैगरी नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले बर्तमान ओली सरकारले संसदीय मर्यादा विपरीत काम गरी संसदीय धज्जी उडाई रहेको बताउनु भएको छ ।

काठमाडौं क्षेत्र नं. १ को चियापान कार्यक्रममा उक्त कुरा बताउनुभयो ।

Leave a Reply