विद्यार्थी संगठनहरुले संयुक्त रुपमा मनाए ५५औँ विद्यार्थी दिवस
१० विद्यार्थी संगठनहरुले हिजो काठमाडौंमा ५५ औँ विद्यार्थी दिवस संयुक्त रुपमा मनाएका दिए । बर्तमान सरकारमा रहेको उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी , नेपाल निकट समाजवादी विद्यर्थी संगठन समेत सहभागी सो कार्यक्रममा सहभागी थियो । वाँकी सरकार बाहिर रहेका दल निकट विद्यार्थी संगठन रहेका दिए भने त्यसमा प्रगतिशील खेमामा विद्यार्थी संगठनहरुको बाहुल्यता रहेको थियो । दिउसो -यालीपछि रत्नपार्कको शान्तिबाटिका आयोजित कार्यक्रममा ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल विद्यार्थी यूनियन प्रमुख प्रवीण मिश्र सहितका विद्यार्थी संगठनहरुका नेताहरुले हालै ११ विद्यार्थी संगठनको काठमाडौंको अनामनगर स्थित यूनियन हाउसमा सयुक्त पत्रकार सम्मेलन चलिरहेको बेला प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाललाई गिरफ्तार गरेको घटनाको भत्सर्ना गर्दै वर्तमान ओली सरकारलाई विद्यार्थी संगठनको तागतलाई कम नआक्न चेतावनी दिनुभयो ।
२०१७ सालमा तत्कालीन राजा महेन्द्रले वी.पी. कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्थ गरी निर्दलीय पञ्चायती व्यवस्था मुलुकमा लागू गरेपछि पहिलो पटक २०२१ साल जेठ १ गते निर्दलीय पञ्चायती व्यवस्थाको अन्त तथा बहुदलीय व्यवस्थाको स्थापना एवं राष्ट्रियता , जनजीवीका र विद्यार्थीको हक अधिकार स्थापनाका लागि काठमाडौंमा विरोध प्रदर्शन गरेको दिनको सम्झनामा हरेक वर्ष जेठ १ गतेलाई विशेष गरी प्रगतिशील खेमा विद्यार्थी संगठनहरुले विद्यार्थी दिवसको रुपमा सम्झना गर्दै आएका छन् ।