अखिल(क्रान्तिकारी) का अध्यक्ष ढकाललाई पुन: पक्राउको विरोध गर्दा गिरफ्तार अनेवियू प्रमुख प्रवीण मिश्र रिहा

नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाललाई सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिए लगत्तै हिजो नै उहाँलाई प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको छ । अध्यक्ष ढकालको पक्राउको विरोध गर्न पुग्नु भएका ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल विद्यार्थी यूनियनका प्रमुख प्रवीण मिश्र लगायतलाई प्रहरीले गिरफ्तार गरेको थियो । गिरफ्तार गरिएका मिश्र सहित सबैलाई हिजो साझ नै रिहा गरेको बताइएको छ ।