५ वाम दलले गरे रत्नपार्कमा जनतासँग सडक अन्तर्संवाद

0 Shares

मोहन बैद्य ‘किरण” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट , सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा र गोपाल किराती नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) ले हिजो  काठमाडौंको रत्नपार्क -शान्तिबाटिकामा राष्ट्रिय स्वाधिनताको रक्षा तथा ओली सरकारले संघीय संसदमा पेश गरेको नागरिकता विधेयक , मुलुकमा व्याप्त ,  हत्या , हिंसा , भ्रष्टाचार , महंगी , दणडहीनता आदिको विरधमा  जनतासँग सडक अन्तर्संवाद कार्यक्रम गरेका छन् ।  सो अन्तर्सवाद कार्यक्रममा नागरिक समाजका अगुवा डा, सुन्दरमणि दीक्षित , बुद्धिजीवि प्रा.डा. सुरेन्द्र के.सी , बरिष्ठ अधिवक्ता बाेर्णबहादुर कार्की र  बुद्धिजीवी युग पाठकले आ-आफ्ना विचार व्यक्त  गर्नुभयो ।जनतासँग अन्तर्सवाद  कार्यक्रमको अध्यक्षता नेकपा क्रान्तिकारी माओवादीका नेता रामसिह श्रीष गर्नुभयो भने कार्यक्रममा आधार-पत्र  प्रस्तुती नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले र  कार्यक्रममा उठेका प्रश्नको जवाफ देजमाेका अध्यक्ष सीपी गजुरेलले गर्नुभयो । सो अवसरमा धन्यवाद ज्ञापन नेकपा ( माओवादी केन्द्र)का संयोजक गाेपाल किरातीले गर्नु भएको थियो ।

यता ५ वाम दलको आन्दोलनको एक घटक ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्दद्रीय सचिवालयको बैठक सो दलको केन्द्रीय कार्यालय , कपन , काठमाडौंमा बसिरहेको उक्त दलका केन्द्रीय सचिवालय सदस्य कृष्णहरि भट्टले बताउनुभयो ।

Leave a Reply