नेपाल लाइफ इन्स्योरेन्स क.लि. को १९औँ साधारणसभा सम्पन्न , शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर वितरण गर्ने

काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको नेपाल लाइफ इन्स्योरेन्स क. लि. को वीरगञ्जमा १९ औँ वार्षिक साधारणसभा हालै सम्पन्न भएको छ । सो साधारणसभाले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको बताइएको छ । त्यसमा कर सहित प्रति शेयर रु.२३.५० वितरण गरिने र बोनश शेयर वितरण पछि सो कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रु ५,४९,९६,१६,०८१०/ हुने जनाइएको छ। उक्त साधारणसभामा सो कम्पनीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु हुुुदै सो कम्पनीका अध्यक्ष गोविन्दलाल सांघाईले समीक्षा बर्षमा यस कम्पनीले कूल बीमा शुल्क आम्दानीमा सर्वाधिक ३२ प्रतिशतको हाराहारीमा बजार हिस्सा हासिल गर्न सफल भएको बताउनुभयो ।
उक्त साधारणसभाले आ.व.२०७४/०७५ को सो कम्पनीको सञ्चालक समितिको बार्षिक प्रतिवेदन , वासलात , नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु पारित गरेको बताइएको छ । सो कम्पनीको हाल लगानी रु ६७ अर्ब , जीवन बीमा कोष रु. ५९ अर्ब र शेयरधनी कोष रु. १० अर्ब ४० करोड रहेको तथा देशभर १ सय ७७ शाखा तथा उप-शाखाहरू तथा १,२२,००० भन्दा अभिकर्ताहरुमार्फत आफ्ना ग्राहक तथा सेवाग्राहीलाई जीवन बीमा सम्बन्धी सेवा उपलब्ध गराई रहेको र स्वदेश तथा विदेशमा गरी झण्डै २५ लाख व्यक्ति यसमा बीमित भइसकेफ्ना र ग्राहक तथा सेवाग्राहीहरूका लागि यसले समय सापेक्ष ढंगबाट सेवा तथा सुविधाहरु थप गर्दै जाने कम्पनीले बताएको छ ।
वीमा क्षेत्रको सबैभन्दा ठूलो कम्पनी रुपमा यसले आफूलाई उभ्याएको छ ।