७ दिनको बीचमा आज कामरिता शेर्पा दोस्रो पटक सगरमाथाको चुचुरोमा
विश्व कै सबैभन्दा अग्लो शिखर सगरमाथा आरोहणमा सबैभन्दा बढी आरोहण गर्ने कीर्तिमान बनाउनु भएका सोलुखुम्बुका कामरिता शेर्पाले आज सगरमाथाको सफल आरोहण गर्नु भएको जानकारी प्राप्त भएको छ । गएको बुधबार २३औँ पटक सगरमाथाको सफल आरोहण गर्नु भएका उहाँले ७ दिन कै बीचमा आज विहान ६: ३८ बजे सगरमाथाको सफल आरोहण गर्नु भएको सगरमाथाको आधार शिवीरमा रहनु भएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जनाउनु भएको छ ।
