मंगलमूर्ती साकोसको आयोजना र ब्लोदान एसोसिएसनको सहयोगमा कोटेश्वरमा भयो रक्तदान

0 Shares

काठमाडौं महानगरपालिका -३२ , कोटेश्वरमा रहेको मंगलमूर्ती बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना र ब्लोदान एसोसिएसनको सहयोगमा आज काठमाडौंको कोटेश्वर चोकमा रक्तदान कार्यक्रम सम्पन्न भयो ।

त्यस अवसरमा भएको संक्षिप्त कार्यक्रममा ब्लोदान एसोसिएसनका सल्लाहकार तथा नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष लोकनारायण सुवेदीले सरकारले जनतालाई नि:शुल्क रगत उपलब्ध गराउनु पर्ने बताउनुभयो । त्यस अवसरमा ब्लोदान एसोसिएसन , कास्कून तथा  नवज्योति सञ्चार सहकारी संस्था लि. कोटेश्वर र आलोपालो बचत तथा ऋण सहकारी संस्था लि. तीनकुने का प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । सो रक्तदान कार्यक्रममा रक्तदानका अतिरिक्त स्वास्थ्य जाँच पनि गरिएको थियो ।यसैगरी आउदो जेठ १५ गते काठमाडौंको धुम्बाराहीमा रहेको महिला प्रयास बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा पनि रक्तदान गर्ने कार्यक्रम हुनेज सो अवसरमा जानकारी दिइएको थियो ।

Leave a Reply