भारतीय लोकसभा चुनावमा एनडीए गठबन्धनको सानदार जीत , भाजपाले एक्लै ३०० भन्दा बढी सिटमा विजयी , काँग्रेस आई. को अवस्थामा केही सुधार

हालै भएको भारतीय संसदको तल्लो सदन लोकसभाको चुनावमा भारतीय जनता पार्टीको गठबन्धन एनडीएले सानदार जीत हासिल गरेको छ । सन् २०१४ को चुनावमा ३३६ सिट जितेको एनडीऐले यस पटक ३४९ सिट जितेको छ भने अमित शाह नेतृत्वको भारतीय जनता पार्टी एक्लैले ३०० भन्दा बढी सिट जितेको छ , जो ५४३ सिटको लोकसभामा भारतीय जनता पार्टीको बलियो उपस्थिति हो । यो चुनावी परिणामसँगै ५ वर्षे कार्यकाल पूरा गर्नु भएका वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अबको ५ वर्ष भारतको प्रधानमन्त्री बन्ने निश्चित बनेको छ । तामिलनाडुमा निराशाजनक परिणाम व्यहोरे पनि भारतीय जनता पार्टीले गुजरात , उत्तर प्रदेश , विहार , पश्चिम बंगाल , मध्यप्रदेश , राजस्थान , हरियाणा , उत्तराखण्ड , महाराष्ट्र , तेलंगना लगायतमा प्रभाव जमाएको छ ।
यता राहुल गान्धी नेतृत्वको काग्रेस आई. सम्बद्ध प्रगतिशील गठ्बन्धनले उत्साहजनक परिणाम हात पार्न सकेन । यो गठबन्धनले ९० सिट जितेको छ भने काँग्रेस आई. ले ५३ सिटमा बाजी मारेको छ , जो सन् २०१४ को तुलनामा ९ सिट बढी हो । यसले विगत लामो समय भारतको शासन गरेको काँग्रेस आई. को अवस्थामा केही सुधार भएको देखिएको छ ।
यो जित सँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले यो चुनावी परिणामले लोकतन्त्रको जीत भएको बताउनु भएको छ ।
यता केरलाबाट लोकसभा सदस्यमा विजयी भएपनि आफ्नो परम्परागत चुनावी क्षेत्र उत्तर प्रदेशको अमेठीबाट भारतीय जनता पार्टीका स्मृति इरानीसँग पराजित काँग्रेस आई. अध्यक्ष राहुल गान्धीले अमेठीका जनताको निर्णयलाई सम्मान गर्ने बताउदै काँग्रेस आई. को पराजयको जिम्मा आफूले लिने तर विचारधारात्मक लडाई भने जारी रहने बताउनु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
उहाँले यो निर्वाचनमा पराजय स्वीकार गर्दै भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह र प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएको बताइएको छ । यो निर्वाचनमा भारतका क्षेत्रीय दलहरुलाई धक्का लागेको छ भन भारतका वाम दलहरुको बर्चस्व पनि खासै देखिएन । निर्वाचनमा भारतीय जनता पार्टीको गठबन्धनको सानदार जीतसँगै प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली , पूूर्व प्रधानमन्त्री तथा नेकपा(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल र पूूर्व प्रधाान्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय प्रधाानमन्त्री नेरेेन्द्र मोदीलाई बधाई तथा शुभकामना दिनु भएको जनाइएको छ ।
भारतको लोकसभा चुनावमा भारतीय जनता पार्टीको गठबन्धनको पुन: सानदार जीतसँगै यसले नेपाली राजनीतिमा पार्ने प्रभावबारे बहस शुरु भएको छ ।