वातावरण प्रदुषणका कारण फोक्सोको विरामीको संख्या बढ्दो
काठमाडौं उपत्यका सहित शहरी क्षेत्र तथा सदरमुकाममा बढिरहेको वातावरण प्रदुषणका कारण फोक्सोको विरामीको संख्या बढिरहेको देखिएको छ । काठमाडौंको वीर अस्पतालमा छातीको उपचार गराउन आउनेको संख्या बढिरहेको अस्पताल स्रोतले जनाएको छ । आइतबार , मंगलबार र शुक्रवार हुने छातीको ओ.पी.डी. सेवामा फोक्सोमा समस्या भई जचाउन आउनेको संख्या खचाखच रहने गरेको पाइएको छ । अस्पतालमा पी.एफ.टी. गराउन आउनेको संख्या धेरै रहेको र पी.एफ.टी. गर्दा तिनीहरुमध्ये ९५ प्रतिशतको फोक्सोमा समस्या देखिने गरेको वीर अस्पताल , पी.एफ.टी. शाखाको भनाई छ ।
