ललितपुर उद्योग वाणिज्य संघद्वारा ललितपुर जिल्लाका १२ वटा सरकारी विद्यालयका विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान

ललितपुर उद्योग वाणिज्य संघले वार्षिक रुपमा सरकारी विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई प्रदान गर्दै आएको छात्रवृत्ति यस वर्ष पनि हिजो एक समारोहबीच वितरण गरियो । सो अवसरमा
ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले सबैलाई स्वागत गर्नुहुँँदै यस संघले आफ्नो सामाजिक दायित्व निर्वाह गर्ने क्रममा शैक्षिक क्षेत्रको विकासको लागि यसको आफ्नो सानो लगानी भएको बताउनुभयो । अध्यक्ष महर्जनले छात्रवृत्ति पाउने विद्यार्थीहरुलाई बधाई तथा शुभ- कामना दिनु हुँँदै विद्यार्थीहरुले आगामी दिनमा अझैँ आफ्नो प्रतिभाको प्रस्फुटन गरी सुयोग्य नागरिक बन्नु् पर्ने बताउनु धारणा व्यक्त गर्नुभयो । उक्त संघका का.स सदस्य एवं व्यवसायिक उत्तर दायित्व तथा छात्रवृत्ति समितिका संयोजक राजेन्द्रकुमार श्रेष्ठले पुरस्कृत विद्यार्थीहरुले यसलाई उत्प्रेरणाको स्रोतको रुपमा ग्रहण गरी भविष्यमा आफ्नो शैक्षिक स्तर अझ माथि उकास्नु पर्ने बताउनु हुँँदै छात्रवृत्ति ग्रहण गर्ने सबै विद्याथीहरुलाई बधाई समेत दिनु भयो ।
छात्रवृत्ति यस संघका अध्यक्ष श्री कृष्णलाल महर्जन, वरिष्ठ उपाध्यक्ष भरतलाल जोशी, वाणिज्य उपाध्यक्ष रुपकुमार शाक्य र पूर्व कार्यसमितिका सदस्य सूर्य गोपाल न्याछ्योंले वितरण गर्नु भएको थियो । सो छात्रवृत्ति
ललितपुर जिल्लाका श्री विश्वामित्र गणेश मा.वि., लुभु -ज्यामिरकोट, श्री फुुल्चोकी उ.मा.वि., ठैव , श्री ५ महेन्द्र उ.मा.वि., ठूलो दुर्लुङ्ग , श्री मगरगाउँँ.मा.वि., शंखु , श्री कालीदेवी उ.मा.वि., प्युटार , श्री किटिनी उ.मा.वि., किटिनी , श्री सिद्धिमंगल मा.वि., सिद्धिपुर , श्री गणेश मा.वि., डुकुछाप , श्री धुसेल मा.वि., धुसेल, श्री प्रभात मा.वि. , त्यागल , श्री महाकाली देवी मा.वि., भट्टेडांडा, श्री महाकाल उ.मा.वि., गोटिखेलका छात्र तथा छात्राहरु गरी १२ जना विद्यार्थीहरुलाई वितरण गरिएको थियो भने सो संघका संस्थापक स्व. बेखानाथ छात्रवृत्ति पाटन संयुक्त क्यापस पाटनढोका , ललितपुरमा अध्ययनरत सुश्री प्रशंशा नेम्कुललाई प्रदान गरिएको थियो ।
त्यस समारोहको सञ्चालन महासचिव मनोज बहादुर न्याछ्योंले र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले गर्नुभएको थियो । सो समारोहमा संघका पदाधिकारी, का.स.सदस्य, समितिका सदस्यहरुका साथै बुद्धिजीवीहरुको समेत उपस्थिति रहेको छ