नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय ओली र प्रचण्डबीचको आलोपालो सरकारको नेतृत्व गर्ने सहमतीबारे बहस
वर्तमान नेपाल सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सो दलका अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र सो दलका अर्का अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल वीच एक वर्ष अगाडि नेपाल सरकारको नेतृत्व आलोपालो गर्ने भनी गरिएको सहमती कार्यान्वयनको विषयलाई लिएर बहस चलिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सफथग्रहण समारोहमा भाग लिएर स्वदेश फर्कने क्रममा हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमख प्रधानमन्त्री ओलीले पत्रकारको सो विषयको जिज्ञाशाको जवाफमा आफूले ४/५ मा दिनमा आफूले सरकार छाड्ने भनी ठट्टा गर्नुभयो । यस अघि सो दलका सचिवालय सदस्य बामदेव गौतमले दुबै अध्यक्षबीच सहमती कायम गरी अगाडि बढ्नु पर्ने खाँचो औल्याउनु भएको सञ्चार माध्यमले जनाएका थिए । यसै हफ्ता एक टेलिभिजनसँग कुरा गर्दै अध्यक्ष दाहालले आफू र प्रधानमन्त्री ओली वीच एक वर्ष अगाडि भएको सरकारको आलोपालो नेतृत्व गर्ने सहमती कार्यान्वयन हुनुपर्ने बताउनु भएको थियो । अध्यक्ष दाहालको सो भनाई सार्वजनिक भएसँगै सो दलभित्र सरकार तथा पार्टीको नेतृत्वको विषयमा बहस चलिरहेको छ । दुबै पार्टी एक भइसकेको अवस्थामा सरकारको नेतृत्व आलोपालो गर्नुपर्छ भन्नु अशोनीय हुने नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी -माओवादी) का अध्यक्ष मोहन बैद्यले बताउनुु भएको थियो । सो प्रसङ्गबारे बोल्दै ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय समिति सदस्य तथा ३ नं. प्रदेश समितिका सचिव अर्जुन कार्कीले नेकपा (एमाले)
नेकपा (माओवादी केन्द्र) एक भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनी सकेको अबस्थामा एउटै दलका नेता वीच आलोपालो सरकारको नेतृत्व गर्ने कुरा उठ्नु हास्यस्पद रहेको बताउनुभयो । बर्तमान सरकारले मुलुकको सार्बभौमिकता र राष्ट्रिय एकतालाई बलियो बनाउने जनपक्षीय काम गरी पूरा समय काम गर्नु राम्रो हुने उहाँको भनाई छ ।