नारायणहिटी दरवार हत्याकाण्ड भएको आज १८ वर्ष पूरा

0 Shares

बीभत्स ढंगबाट नारायणीहिटी दरवार हत्याकाण्ड भएको आज १८ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते नारायणहिटी राजदरवारमा भएको राजपरिवारका सदस्यहरुको शुक्रबारको भोजमा गोली चल्ला तत्कालीन राजा वीरेन्द्र , रानी ऐश्वर्य , युवराज दीपेन्द्र , अधिराजकुमारी श्रुती , अधिराजकुमार निराजन , पूर्व अधिराजकुमार धीरेन्द्र  सहितका राजपरिवार सदस्ययहरुको ज्यान गएको थियो । तत्कालीन  युवराज दीपेन्द्र बाहेक सबैै जनाको सैनिक अस्पताल , छाउनीमा गोली चलेको केही समयपछि मृत्यु घोषणा गरियो । कोमामा रहेका तत्कालीन युवराज दीपेनाद्रलाई भने २०५८ जेड २० गते राजा र तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई राजपरिषदद्वारा राज्य सहायक बनाएको घोषणा गरियो । त्यसको भोलिपल्ट कोमामा रहेका राजा दीपेन्द्रको मृत्यु घोषणा गरियो भने राज्य सहायक ज्ञानेन्द्र शाहलाई राजा बनाइयो ।

सो घटनाको छानविन गर्न तत्कालीन प्रधान न्यायधीस केशबप्रसाद उपाध्यायको अध्यक्षतामा प्रतिनिविसभाका सभामुख तारानाथ रानाभाट र प्रमुख प्रतिपक्षी दलका नेता माधवकुमार नेपाल सदस्य रहेको ३ सदस्यीय छानविन आयोग बनेको थियो तर माधवकुमार नेपालले सो आयोगमा बस्न इन्कार गरेपछि सो २ सदस्यीय आयोगले तत्कालीन युवराज स्व. दीपेन्द्रलाई घटनाको दोषी करार गरेको थियो तर लोकले त्यसलाई यसबेलासम्म पनि विश्वास गर्न सकेको छैन । २४ जनाको उपस्थिति हुने भनिएपनि सो पार्टीमा २१ जनाको मात्रै उपस्थिति थियो । तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह तथा अधिराजकुमारी प्रेक्षा सहित ३ जना अनुपस्थित रहेको बताइएको थियो । भोजमा उपस्थित भएमध्ये तत्कालीन अधिराजकुमारी कोमल सामान्य घाइते भएपनि भोजमा उपस्थित उनको परिवारका बाँँकी सदस्य सकुसल रहेको बताइएको थियो ।

सो भोजमा अनुपस्थित तत्कालीन अधिराजकुमारी प्रेक्षाको पनि केही समयपछि रहस्यमय तवरबाट रारा तालमा मृत्युभयो भने उनी सवार भनिएको हेलिकप्टर र सो हेलिकप्टरका पाइलट वीरेन्द्र कडेरियाको अवस्था यसबेलासम्म अज्ञात छ ।

नारायणहिटी दरवार हत्याकाण्ड पछि राजा बनेका ज्ञानेन्द्र शाह पिता महाराज महेन्द्र शाहको पथमा हिडे । जसका कारण २०६२/०६३ को ऐतिहासका जनान्दोलन भयो । सोही कारण २०६५ जेठ १५ मा  नेपालबाट शाहवंशीय राजतन्त्र अन्त भयो ।

 

Leave a Reply