त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा पनि कलेजो प्रत्यारोपण सम्पन्न

0 Shares

काठमाडौंको महाराजगञ्जमा रहेको त्रि.वि. शिक्षण अस्पतालका सर्जन प्रा.डा. रमेश भण्डारीको नेतृत्वमा पनि शुक्रबार कलेजो प्रत्यारोपण सम्पन्न भएको छ । भारतको एपोलो अस्पतालका चिकित्सकहरु पनि सहभागी टोलीमा प्रा.डा. भण्डारी सहित १२ जना चिकित्सक सहित ५० जना स्वास्थ्यकर्मीहरु सहभागी रहेको सो अस्पतालस्रोतले जनाएको छ । ५८ वर्षीय एक कलेजोका विरामीलाई उनकी ३३ वर्षीया छोरीले दिएको कलेजो प्रत्योरोपण गर्न सो टोलीलाई १६ घण्टा लागेको बताइएको छ । यस सफलताले अब त्रि.वि. शिक्षण अस्पतालका डाक्टर , नर्श  तथा स्वास्थ्यकर्मीहरुले सजिलै कलेजो प्रत्यारोपण गर्न सकिने अवस्था बनेको सो अस्पताल स्रोतले जनाएको छ ।

शहीद धर्मभक्त माथेमा मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला सहितका मानव अंग प्रत्यारोपण हुदै आएको छ भने काठमाडौंको नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पताल (Civil Service Hospital of Nepal) मा रगतरोग विशेषज्ञ डा. विशेष पौडेलको नेतृत्वमा डाक्टर तथा नर्श सहितको स्वास्थ्यकर्मीहरुको टोलीले  बोनम्यारो प्रत्यारोपण गर्दै आएको छ ।

विगत लामो समयदेखिको प्रयासपछि चिकित्सक तथा नर्श सहितको स्वास्थ्यकर्मीहरुलाई यो सफलता प्राप्त भएको थियो । त्रि.वि.शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणको यो सफलताले कलेजो प्रत्यारोपणका लागि विदेशमा जाँदा विरामी तथा विरामीका परिवारको ठूलो धनराशी खर्च गर्नु पर्ने अवस्थामा कमी आउने छ भने प्रत्यारोपणका लागि कलेजो प्रदान गर्नेलाई पनि खासै असर नपर्ने बताइएको छ ।

 

मा

Leave a Reply