अखिल नेपाल विद्यार्थी यूनियन गण्डकी प्रदेशले ग-यो शुभारम्भ पब्लिकेशनले गरेको अवाञ्छित गतिविधिको विरोध

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल विद्यार्थी यूनियन गण्डकी प्रदेशले शुभारम्भ पब्लिकेशनले केही पाठ्य पुस्तकहरुमा मूल्य नखुलाई आफूखुशी मूल्य राखी पुस्तक विक्री गर्नुका साथै मूल्य खुलाएका पाठ्य पुस्तकहरुमा पनि पाठ्यक्रम विकास केन्द्रले तोकेको भन्दा बढी मूल्य राखेर विक्री गरेको पाइएकोले त्यसको विरोध गर्दै त्यसलाई तुरुन्त बन्द गर्न एक प्रेस विज्ञप्ति जारी गरी माग गरेको छ । उसको जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेखित विषय यस प्रकार छ ।
हाम्रो संगठन अखिल नेपाल विद्यार्थी यूनियन राष्ट्रियता,जनतन्त्र,जनजीविका तथा विद्यार्थी हकहित र अधिकार प्राप्तिका साथै शैक्षिक उन्नयनका लागि जनमुखी , जनवादी शिक्षा स्थापना लगायत मुलुकको अग्रगामी परिवर्तनका लागि निरन्तर संघर्षरत छ ।हाम्रो संगठन शिक्षा क्षेत्रमा भइरहेको निजीकरण,व्यापारीकरण र माफियाकरणको अन्त्य गर्दै जनशिक्षा र जनस्वास्थ्य नीतिलाई राज्यको अनिवार्य दायित्वको बिषय बनाउन निरन्तर संघर्षरत छ ।
संगठनमा परेका विभिन्न विद्यार्थी र अभिभावकका गुनासाहरुलाई गम्भिर रुपमा लिदै बजार अनुगमन गर्दा शुभारम्भ पब्लिकेशनको चरम लापर्वाही,गैह्रजिम्मेवारीपन र लुटेरापन प्रष्ट र छर्लङ्ग देखिन्छ । यस प्रकारका कार्यहरुप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।उक्त पब्लिकेशनका केहि पुस्तकहरुमा मुल्य नखुलाई बजारमा बिक्री गरिएको र मुल्य खुलाएका पुस्तकहरुमा पनि पाठ्यक्रम विकास केन्द्रद्वारा तोकिएको भन्दा अत्याधिक बढि मुल्य लगाएर बिक्री बितरण गरेको खुल्न गएको छ ।त्यसै गरी सोहि पब्लिकेशनले नया“ संस्करण उपलब्ध हु“दाह“ुदै केही क्षेत्रहरुमा पुरानै संस्करण बिक्री बितरण गरेको छ ।यस कृयाकलापले विद्यार्थी र अभिभावकहरु माथी चरम सोषण र बिधार्थीहरुको
भविष्यमाथि खेलवाड भएको छ ।
हाम्रो संगठनले यस विषयमा बेला बेलामा धेरै पटक ध्यानाकर्षण गराउदा गराउदै पनि संगठनका शब्दहरुलाई नजरअन्दाज गर्ने कार्य भइरहेको प्रति संगठन खेद प्रकट गर्दछ । साथै विद्यार्थी र अभिभावकहरुलाई यस ठगी धन्दाप्रति सचेत रहन अपिल गर्दछ । विभिन्न पटक समय उपलब्ध गराउदा पनि पब्लिकेशनले कुनै भूमिका नखेलेकोले फेरि पनि ३ दिन भित्र यो विषय समाधान गर्न अनुरोध गर्दछौ“ । तत्काल नयाँँ मुल्य राखी बिद्यार्थीहरुबाट बढी लिएको मूल्य फिर्ता गर्न र पुराना संस्करण बिक्री बितरण बन्द गर्न माग गर्दछौँ ।अन्यथा जुनसुकै बेला उत्पन्न हुने जस्तोसुकै परिस्थितिको जिम्मेवार स्वयं पब्लिकेशन र आधिकारिक बिक्रेता हुनेछन् ।