कोपा अमेरिका फुटवल शुरु

0 Shares

दक्षिण अमेरिकी महादेश स्तरीय फुटवल  आजबाट ब्राजिलमा  शुरू भएको छ । १२ टिम सम्मिलित सो फुटवलको  उद्घाटन खेल आयोजक ब्राजील र बोलिभिया वीच हुदैछ । यसमा पहिलो पटक एसियाली देशहरु जापान र कतारले भाग लिएका छन् । यसको समूह ‘ ए’ मा  ब्राजील , बोलिभिया , पेरू र भेनेजुयला , समूह ‘बी’  मा अर्जेन्टिना , कोलम्विया , कतार र पारग्वे र समूह ‘सी’ मा चिली , इक्वेडर , जापार र उरुग्वे छन् ।   ब्राजील भने स्टार खेलाडी नेइमार जुनियर विना नै खेल्दैछ । लिग चरणमा सबैभन्दा कम अंक ल्याउने  ४ टिम खेलबाट बाहिरिने छन् र बाँकी ८ टिमले क्वाटर फाइनल खेल खेल्नेछन्। यस अघिका दुई खेलमा चिली विजेता र अर्जेन्टिना उप-विजेता भएका थिए । यस पटकको खेलमा ब्राजील , अर्जेन्टिना र उरुग्लेमध्ये एक  विजेता हुने अनुमान खेल विशालेषकहरुले गरेको देखिन्छ ।

Leave a Reply