सहकारी विभाग र नेफ्स्कूनको आयोजनामा गैडाकोटमा साकोस जोखिम विश्लेषण कार्यशाला सम्पन्न
नेपाल सरकार भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गतको सहकारी विभागको सहयोग र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा यही जेष्ठ १९ गते नवलपुरको गैडाकोटमा ‘साकोस जोखिम विश्लेशण’ कार्यशाला (SARAW) सम्पन्न भयो ।
नेफ्स्कूनका सञ्चालक सदस्य तथा फिल्ड कार्यालय चितवनका संयोजक शान्ती अधिकारीको अध्यक्षता तथा नेफ्स्कूनका सञ्चालक सदस्यद्वय गोमा नेपाल र भरतप्रसाद दवाडी तथा चितवन फिल्ड व्यवस्थापन उप- समितिका सदस्य कृष्णप्रसाद नहर्कीको आतिथ्यतामा सम्पन्न सो कार्यशालामा नवलपुर र चितवनका २५ वटा बचत तथा ऋण सहकारी संस्थाहरुका ४० जना प्रतिनिधिहरुसहित विभिन्न महानुभावहरुको सहभागिता रहेको जनाइएको छ ।


उक्त कार्यशालका बक्ताहरुले सहकारीलाई जोखिम मुक्त बनाउनु पर्नेमा जोड दिनु हुँदै यस संघद्वारा प्रबर्द्धित साकोस गुणस्तर सुनिश्चितताका कार्यक्रममा सहभागी बन्न र आफ्नो संस्थालाई शूक्ष्म रुपले चेकजाँच गरी जोखिममुक्त साकोस निर्माणका लागि पहल गर्नु पर्ने खाँचो औंल्नुयाउभयो । कार्यशालाका अध्यक्ष शान्ती अधिकारीले सहकारी संस्थाहरु जोखिमबाट बची संस्थागत सुदृढीकरणमा लाग्नुपर्ने खाँचो औंल्याउदै जोखिम न्युनीकरणका लागि यस संघद्वारा सञ्चालित कार्यक्रमहरुमा आवद्ध हुन कार्यशालामा सहभागीहरुलाई आह्वान गर्नुभएको थियो । नेफ्स्काकूनका चितवन फिल्ड कार्यालयका इन्चार्ज यमलाल सुवेदीले सञ्चालन र नेफ्स्कूनकै चितवन फिल्ड व्यवस्थापन उप- समिति सदस्य गोपालप्रसाद गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको त्मस कार्यशालामा नेफ्स्कूनका कार्यक्रम अधिकृत सुरज चालिसेले सहजीकरण गर्नु भएको आयोजकको भनाई छ ।
