बागलुङ बचत संघको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा ३ दिने पल्स अनुगमन तथा साकोस एकरुपता तालिम आज सकिदै

0 Shares

बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा यही जेठ १९ देखि ३ दिने ‘पर्ल्स अनुगमन तथा साकोस एकरुपता’ तालिम बागलुङमा सञ्चालन भइरहेको छ । आज सकिने सो तालिमको नेफ्स्कूनका सञ्चालक एवं बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष चण्डी शर्मा पौडेलले यही जेठ १९ गते उद्घाटन गर्नुभएको थियो । त्यस अवसरमा उहाँले पर्ल्स अनुगमन प्रणाली सबै वित्तीय संस्थाहरुको लागि अनिवार्य विषय रहेको र संस्थालाई वित्तीय जोखिमबाट बचाउनको लागि पर्ल्स अनुसार संस्था सञ्चालन गर्नुपर्ने बताउनुभयो । पर्ल्स सबैले जान्नुपर्ने विषय भएकोले सहभागीहरुले तालिमबाट सिकेर आफ्नो संस्थामा लागू गर्न साकोस एकरुपता प्रणालीमा जानका लागि उहाँले आव्हान गर्नुभयो ।

उक्त अवसरमा  जिल्ला सहकारी संघ लि. , बागलुुुुङ्गका उपाध्यक्ष अशोक गोविन्दराज भण्डारीले पर्ल्स मार्फत संस्था सञ्चालन गर्न र ऐन  नियमको पालनालाई विशेष ध्यान दिन आग्रह गर्नुभयो ।  बागलुङ्ग जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का लेखा सुपरिवेक्षण समिति सदस्य रुद्रबहादुर महत क्षेत्रीले स्वागत र  सो संघका सचिव ऋषि गौतमले सञ्चालन गर्नुभएको तालिममा १६ वटा बचत तथा ऋण सहकारी संस्थाहरुबाट ३० जनाको सहभागिता रहेको जनाइएको छ । नेफ्स्कूनको प्राविधिक सहयोग रहेको उक्त तालिमको सहजीकरण नेफ्स्कूनका अधिकृत कवि न्यौपानेले गर्नुभएको जानकारी प्राप्त भएको छ ।

Leave a Reply