शर्वेश्वर साकोस , भरतपुरले ग-यो आज बर्दिबास साकोसको अवलोकन

0 Shares

चितवन जिल्लाको भरतपुर महानगरपालिका – २२ मा रहेको शर्वेश्वर बचत तथा ऋण सहकारी संस्था लि. द्धारा महोत्तोरी जिल्लाको बर्दिबासमा रहेको बर्दिवास बचत तथा ऋण सहकारी संस्कोथा लि. को आज स्थलगत अवलोकन गरेको छ । अवलोकनका क्रममा २ वटा संस्था वीच अन्तर्क्रिया भई आ-आफ्ना अनुभव आदान प्रदान भएको थियो ।त्यस अवसरमा चितवनको शर्वेश्वर बचत तथा ऋण सहकारी संस्था लि. तर्फबाट सो संस्थाका अध्यक्ष  शंकर भट्टराईले भ्रमणको आशा , अपेक्षा र आफ्नो संस्थाको बारेमा जानकारी गराउनु भएको थियो यता बर्दिवास बचत तथा ऋण सहकारी संस्था लि. ले हासिल गरेका उपलब्धी , संस्था सञ्चालन प्रक्रिया र समग्र सहकारी अभियानका बारेमा प्रशिक्षणात्मक प्रस्तुतीकरण उक्त संस्थाका ब्यबस्थापक रमेशबहादुर सिंहले गर्नुभएको थियो ।

उक्त अन्तर्क्रिया बर्दिवास बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष शंकरकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न  अन्तर्क्रियामा २५ जनाको उपस्थिति रहेको थियो ।  त्यस अवसरमा मायाको चिनो आदानप्रदान समेत भएको थियो ।

Leave a Reply