कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको शक्तिशाली हावाहुरीले ग-यो ठूलो धनजनको क्षति

0 Shares

सुदुरपश्चिमका  कैलाली र कञ्चनपुर  जिल्लामा  बिहीबार साँँझ अचानक शक्तिशाली हावाहुरी आएको छ । जसका कारण ठूलो जनधनको क्षति भएको छ ।
हावाहुरीका कारण कैलालीको गोदावरीका वीरबहादुर चौधरीको मृत्यु भएको छ भने १०० जना भन्दा बढी घाइते भएको जनाइएको छ ।
घाइतेहरुको  कैलाली र कञ्चचनपुरका  विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ भने  घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । सबै ठाउँका घाइतेहरु अस्पताल पुगी नसकेको स्थानीयबासीको भनाई छ ।

हावाहुरीले घर तथा टहराहरुको छाना उडाएको छ भने केही समय त्यहाँ विद्युत अवरुद्ध भएको थियो । रुखहरु ढलेर ठाउँ- ठाउँमा  बाटो अवरुद्ध भएको समाचार प्राप्त भएको छ ।  गएको चैतमा बारामा आएको शक्तिशाली हावाहुरीकै जस्तो प्रकृतिको हावाहुरी रहेको अनुमान गरिएको छ । हावाहुरीबाट भएको क्षतिको यकिन विवरण प्राप्त भइसकेको छैन । नेपाल प्रहरी , सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली तथा स्थानीयहरुले उद्धारका काम गरेको बताइएको छ । यस्तो भिषण हावाहुरी यसभन्दा अगाडि आफूहरुले नदेखेको स्थानीयहरुको भनाई छ ।

 

Leave a Reply