मुस्लिम धर्मावलम्बीहरुको चाड इदुल फित्रको अवसरमा आज सार्वजनिक विदा
मुस्लिम धर्मावलम्बीहरुको पवित्र चाड इदुल फित्रको पावन अवसरमा नेपाल सरकारले आज सार्वजनिक विदा दिएको छ । हिजो गृहमन्त्रालयद्वरा जारी गरिएको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ । एक महिना रोजा बसेपछिको खुशीयालीमा मुस्लिम धर्मावलम्बीहरुमा यो पर्व मनाउने चलन चल्दै आएको छ ।