असार १ गतेबाट सार्वजनिक यातायातका साधनको भाडा बढ्ने
यातायात व्यवस्था विभागले २०७६ असार १ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातका साधनमा छोटो दुरीमा १२ प्रतिशत र लामो दुरीमा २० प्रतिशतसम्म भाडा बढाउने भएको छ । काठमाडौं उपत्यकामा बस तथा माइक्रोबसमा यात्रा गर्दा न्युनतम१४ रुपैया तिर्दै आएका यात्रुले अब १६ रुपैया तिर्नु पर्ने बताइएको छ तर बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुसँग सहचालकले न्युनतम भाडा १५ रुपैया लिइरहेका छन् । ट्याक्सीमा भने प्रतिकिलो ५० रुपैया भाडा तय गरिएको बताइएको छ ।