राष्ट्रिय सहकारी बैंक लि. ले हिजो ग-यो मंगलसेनमा अभिमुखीकरण कार्यक्रम

सहकारी बैँकको सेवा विषयक अभिमुखीकरण कार्यक्रम अछाममा सम्पन्न
राष्ट्रिय सहकारी बैंक लिमिटेडको सेवा विषयमा अभिमुखीकरण कार्यक्रम अछाम जिल्लाको सदरमुकाम मंगलसेनमा हिजो सम्पन्न भएको छ ।
सो बैंंकको शाखा कार्यालय , धनगढी , कैैैलालीको आयोजनामा सम्पन्न सो कार्यक्रमको अवसरमा अछाम जिल्लाका थप ४ वटा सहकारी संस्थाहरुले उक्त बैंकको सदस्यता लिएको र सदस्यता लिन बाँकी सहकारी संस्थाहरुले समेत छिट्टै नै यस बैंकको सदस्यता लिई यसको सेवा उपभोग गर्न अग्रसर हुने राष्ट्रिय सहकारी बैँक लि.का धनगढी शाखा प्रमुख कृष्ण रावलले त्यस अवसरमा बताउनुभयो ।
अछाम जिल्ला बचत तथा ऋण सहकारी संघ लि, का अध्यक्ष चन्द्रप्रसाद भण्डारीको अध्यक्षता तथा अछाम जिल्लाको मंगलसेन नगरपालिकाका मेयर पदम बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा उक्त बैंकको धनगढी शाखा प्रमुख कृष्ण रावल र सुर्खेत शाखा प्रमुख सागरनाथ योगीले सहजीकरण गर्नु भएको थियो । उक्त कार्यक्रममा अछाम जिल्लाका विभिन्न सहकारी संघ/संस्थाहरुबाट ३० भन्दा धेरै सहकारीकर्मीहरुको सहभागिता रहेको सो बैंकले जनाएको छ ।