आउदो जेठ २६ गतेदेखि ३२ गतेसम्म हुने विकास प्रशिक्षकहरुको तालिममा नेफ्स्कूनका २ जना अधिकृत ४ जना सहभागी हुने

0 Shares

एशियाली ऋण महासंघ (ACCU) को प्राविधिक सहयोगमा थाइल्याण्डमा आउदो जेेे २६ गतेेेे ३२ गतेसम्म हुन गइरहेको विकास प्रशिक्षकहरुको तालिममा

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)का तालिम अधिकृत केशवप्रसाद दाहाल र कार्यक्रम अधिकृत भरतप्रसाद न्यौपाने सहभागी हुनुहुने भएको छ । त्यसका लागि उहाँहरु आउने आइतबार थाइलैण्ड प्रस्थान गर्ने कार्यक्रम रहेको नेफ्स्कूनले बताएको छ ।

त्यसका लागि उहाँहरुलाई आज विदाई गर्ने क्रममा शुभकामना दिँदै नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले कर्मचारीहरुका लागि प्रदान गरिने सो उच्चस्तरीय तालिमले कर्मचारीहरुमा ज्ञान, सीप र क्षमताको अभिबृद्धि हुने र  यसबाट कर्मचारीहरुमा कार्य प्रभावकारिता बढ्ने विश्ववास व्यक्त गर्नुभयो । त्यस अवसरमा  नेेेेफ्स्कूनको उच्च व्यवस्थापन लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सोही तालिममा कास्कीको संगम बचत तथा ऋण सहकारी  लि.का बरिष्ठ व्यवस्थापक अपिल कोइराला र नवलपरासीको सुपर बचत तथा ऋण सहकारी संंस्था लि. बर्दघाटका अध्यक्ष विष्णु बस्नेतको पनि सहभागिता रहने नेफ्स्कूनले जनाएको छ ।

Leave a Reply