सरकारले भ्याट लगाएसँगै चिनी , आँटा र मैदाको भाउ आकाशियो , यसप्रति नागरिकहरुको असन्तष्टि प्रकट
अर्थमन्त्री डा. युवराज खतिवडाले गएको जेठ १५ गते संघीय संसदमा पेश गरेको नेपाल सरकारको आर्थिक वर्ष २०७६/०७७ को बजेटमा चिनी , आँटा र मैदामा भ्याट लगाउने उल्लेख गरेसँगै चिनी , आँटा र मैदाको मूल्य आकाशिएको छ । काठमाडौंको कोटेश्वरका एक होलसेल व्यापारीले यस पटकलाई चिनी प्रतिकिलो रु. ८० कायम भएर आएको बताएका छन् । चिनीसँगै आँटा , मैदा लगायतका दैनिक उपभोग्य बस्तुमा मूल्य बढेको उनले बताए । बजार भाउ बढे अनुरुप आय बृद्धि नहँदा उपभोक्ताहरु मारमा परेका छन् । अधिकृत तहका कर्मचारीहरुको १८ प्रतिशत र सोभन्दा तलको तहका कर्मचारीको २० प्रतिशत तलव तथा जेष्ठ नागरिक र असाह्य एकल महिला भत्ता रु. १००० बढाएर तिनीहरुबाट आफूप्रति समर्थन बटुलेको बर्तमान ओली सरकारले बढेको तलव भत्ताभन्दा बढी प्रतिशतमा बढिरहेको बजार मूल्य नियन्त्रण गर्न सकेको छैन । सो बजेट पनि संघीय संसदमा छलफल कै क्रममा रहेकोले यसलाई निहुँ बनाएर नागरिकको ढाड भाचिने गरी व्यापारीहरुले महंगी बढाउनु र त्यसलाई टुलुटुलु हेरिरहेको ओली सरकारको यो क्रियाकलाप तथा प्रतिपक्षी दलहरुको मौनताप्रति नागरिकहरुको असन्तुष्टि प्रकट भइरहेको छ ।