आफूले इटहरी उप- महानगरपालिकामा भइरहेको लुटलाई रोकी दिदा पित पत्रकारिता गर्नेहरुले मेरो विरोध गरेका हुन् : मेयर द्वारिकालाल चौधरी

पित पत्रकारिता गर्ने पत्रकारको नाकको डाँडी भाच्न आफूले एक करोड छुट्याएको अभिव्यक्ति दिएका कारण चर्चामा रहनु भएका इटहरी उप-महानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले आफू देशको संविधान , कानून तथा नीति नियमभन्दा माथि नरहेको , आफूले संविधान , कानुन तथा नीति नियमलाई पालना गरिरहेको र भविष्यमा पनि पालना गरिरहने बताउनु भएको छ । देशको संघीय राजधानीबाट प्रशारण हुने एक टेलिभिजनमा अन्तर्वार्ता दिनु हुँदै उहाँले आफूले इटहरी उप-महानगरपालिकामा भइरहेको लुटलाई रोकी दिदा कान्तिपुर जस्ता मिडियाले आफ्नो विरोधमा लेखेको बताउनुभयो । तपाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सम्पर्कमा हुनुहुन्न नि रे त भन्ने प्रश्नको जवाफमा उहाँले आफूले आफ्नो दलको गरिमामा अशर पुग्ने कुनै काम गरेको छैन अनि किन मलाई पार्टीले कारवाही गर्ने ? म पार्टी सम्पर्क बाहिर हुने ? आफ्नो दलका नेताहरु शंकर पोखरेल र योगेश भट्टराईले आफ्नो बारेमा लेखेको स्ट्याटस उहाँहरुको व्यक्तिगत विचार हो , त्यो पार्टीको विचार होइन र आफू पार्टीको सम्पर्क मै छु’ भन्नुभयो । ‘आफूले भ्रष्ट कर्मचारीलाई इटहरी उप-महानगरपालिकाको गेटबाट बाहिर निकालिदिएको र त्यो शीर निहु-याएर हिडिरहेको भ्रष्ट कर्मचारी गौरादह नगरपालिकामा सरुवा भएको बताउदै उहाँले आफूले कसैलाई कुटेको छैन । यदी आफूले कसैलाई कुटेको भए उसले घाऊ जाँच गराई आफू विरुद्ध उजुरी गर्ने थियो नि त ! त्यसो त कसैैले गरेको छैन । त्यो आफूलाई पित पत्रकारिता गर्नेहरुले बद्नाम गर्न गरेको प्रचार हो’ भन्नुभयो । ‘आफू जनताको साथ लिएर इटहरीको विकास निर्माणका काममा अगाडि बढ्ने र इटहरीमा काम गरिरहेका ठेगदारहरुलाई १ पैसा पनि कसैलाई कमिसन दिनु पर्दैन , गुणस्तरको काम गर भनेर मैले भनेको छु ‘ उहाँको भनाई छ । ‘भ्रष्टाचारीहरु र पित पत्रकारहरुलाई म ठेगान लाएरै छाड्छु ‘ उहाँँको कथन थियो ।
केही दिन पहिले पत्रकार विराट अनुपमको नाकको डाँडी भाच्ने भनी उहाँले अभिव्यक्ति दिएको भन्दै उहाँको केही राजनीतिकर्मी तथा पत्रकारहरुले विरोध गरिरहेका छन् तर उहाँको पक्षमा पनि जनसर्मर्थन देखिएको छ ।