नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले लि.ले ग-यो आफ्ना सदस्य संस्थाहरुको क्षमता विकास गर्न Budgeting & Budget Preparation तालिम कार्यक्रम

ललितपुर जिल्लाको कुसुन्तीमा कार्यालय रहेको नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.को आयोजनामा यही जेष्ठ २६ र २७ गते आफ्ना सदस्य संस्थाहरुको क्षमता विकास गर्ने उद्देश्यले Budgeting & Budget Preparation विषयक दुई दिवसीय तालिम कार्यक्रम सो संघको कार्यालय हलमा सम्पन्न भयो ।
उक्त तालिम कार्यक्रममा ललितपुर , काठमाण्डौं, भक्तपुर, काभ्रेपलाञ्चोक र कैलाली जिल्लाका १४ वटा बहुउद्देश्यीय सहकारी संस्थाहरुबाट १७ जना प्रतिनिधिहरुको सहभागीता रहेको सो संघकी व्यवस्थापक सन्ध्या श्रेष्ठले बताउनुभयो । सो तालिम कार्यक्रमको समापनका अवसरमा सहभागीहरुलाई उक्त संघका अध्यक्ष सुरेन्द्र भण्डारीले प्रमाण-पत्र प्रदान गर्नु भएको थियो ।
आफ्ना सदस्यहरुको क्षमता विकास गर्ने उद्देश्यले फरक -फरक विषयमा हरेक महिनामा २ वटा तालिम कार्यक्रम सञ्चालन गर्दै आएको सो संघले यसै विषयमा तालिम कार्यक्रम यस अघि यही महिनाको पहिलो हप्तामा पनि सम्पन्न गरेको थियो भने आउने असार १३ गते कर्जा सम्बन्धी तालिम कार्यक्रम आयोजना गरिने उक्त संघको भनाई छ ।
यस्तै गत वर्ष झैं यही जेठ २६ गते सहकारी विभागको सहयोगमा उक्त संघ लि.द्धारा आफ्ना सदस्य सहकारी संस्थाहरुको अनुगमन गरिएको थियो ।