दक्षिण बाराही महिला साकोसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका – ४ , दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत यही जेठ २५ गते शनिवार रक्तदान कार्यक्रम सम्पन्न ग-यो ।
सो संस्थाको स्वास्थ्य उप-समितिको आयोजनामा सूर्यविनायक नगरपालिका – ५ , कटुञ्जेमा अवस्थित सुशिला भैरव मन्दिर प्राङ्गडमा भएको खल्ला रक्तदान कार्यक्रममा ४१ जना रक्तदाताहरुद्वरा रक्तदान गरिएको उक्त संस्थाकी व्यवस्थापक दीपा क्षेत्रीले सहकारी सञ्जाललाई बताउनुभयो । महिलाहरुले सञ्चालन गरिरहेको सो संस्थाले स्वास्थ्य शिवीर सञ्चालन लगायतका बिभिन्न रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।