मदन पुरस्कार -२०७५ को लागि ७ कृति छनौट

0 Shares

मदन पुरस्कार गुठीले २०७५ सालको  मदन पुरस्कारका लागि प्राप्त भएका कृतिहरु मध्ये  ७ वटा कृतिहरु  छनौट गरेको छ । मदन पुरस्कार गुठीको ‘श्रेष्ठ सूची’ तयार गर्न गठित समितिले उक्त पुरस्कारका लागि सानु शर्माको एकादेशमा, विन्दु शर्माको ओक्कल दोक्कल पिपल पात , कुमार नगरकोटीको ज्ञ , छुदेन काविमोको फातसुङ, महेश थापाको मरीचिका , योगेश राजको रणहार र ध्रुव सापकोटाको विचारको लाश  लाई छनौट गरेको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी गरिएको प्रेस विज्ञप्तीमा जनाइएको छ ।

छनोटमा परेका यी ७  कृतिहरुमध्ये एउठा कृति ‘मदन पुरस्कार–२०७५’ बाट पुरस्कृत हुने जनाइएको छ ।

 

 

Leave a Reply