नेफ्स्कूनको नायव प्रमुख अधिकृतमा प्रकाश पोखरेल नियुक्त

0 Shares

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को २०७६ असार १ गतेदेखि लागु हुने गरी नायव प्रमुख कार्यकारी अधिकृत पदमा प्रकाश प्रसाद पोखरेल नियुक्त हुुनुभएको छ ।
आज नेफ्स्कूनको केन्द्रीय कार्यलय नयाँ बानेश्वर , काठमाडौंमा नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललाई नेफ्स्कूनका प्रशासन तथा समन्वय विभाग प्रमुख शिव अधिकारी लगायत उच्च व्यवस्थापन र कर्मचारी परिवारहरुद्वारा स्वागत गर्दै बधाई तथा शुभकामना प्रदान गरिएको थियो । देशका विभिन्न स्वदेशी एवं विदेशी निकायहरुमा रही काम गर्नु भएका पोखरेलको सहकारी प्रबर्द्धन एवं विकासका क्षेत्रमा  उल्लेख्य योगदान रहेको नेफ्स्कूनले जनाएको छ ।

Leave a Reply