छहारी साकोसको ३ दिने उद्घोषण तालिम सम्पन्न

0 Shares

भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका – ४ गाम्चा चोकमा रहेको छहारी बचत तथा ऋण सहकारी सस्था लि को आयोजनामा सो संस्थाको आफ्नै भवनमा यही जेठ ११ गतेदेखि १३ गतेसम्म ३ दिने उद्घोषण तालिम सम्पन्न भयो। सो तालिममा महिला लघुबित्त समुहका ४० जना  दिदीबहिनीहरु सहभागी हुनु भएको सो संस्थाले जनाएको छ ।

सो कार्यक्रम उक्त संस्थाका अध्यक्ष कृष्णहरि खड्काउको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त संस्थाका अध्यक्ष खड्काले सो तालिमको समापनका अवसरमा त्यस तालिममा सहभागी प्रशिक्षार्थीहरुलाइ प्रमाण -पत्र  बितरण गर्नु भयो।

त्यस अवसरमा उहाँले यो तालिममा सहभागी प्रशिक्षार्थीहरुले सिकेको सीप र अनुभव व्यवहारमा कार्यान्वयन गर्नु हुने विश्वास व्यक्त गर्नुभयो ।
तालिमको सहजीकरण भने नमस्ते ख्वप टेलिभिजनका प्रबन्ध निर्देशक ऋषिकेश श्रेष्ठले गर्नुभयो। त्यस अवसरमा सो संस्थाका कोषाध्यक्ष  प्रबिण शखंदेवले “यो तालिम अत्यन्तै प्रभावकारी बनेको भन्दै आगामी बर्ष पनि दिदीहहरुलाई आत्मनिर्भर बनाउने किसिमका कार्यक्रम अगाडि बढाउने” बताउनु भयो।
समापन कार्यक्रममा तालिममा सहभागी  प्रशिक्षार्थीहरुले तालिमको अनुभव बारे बताउनु भएको थियो।

Leave a Reply