स्थानीय तहका लागि लोकसेवा आयोगको विज्ञान बन्द गर्न र स्थानीय तहमा करारमा कर्मचारी भर्ना नगर्न नेपाली काँग्रेसको माग
लोकसेवा आयोगले स्थानीय तहका लागि नयाँ कर्मचारी भर्नाको प्रयोजनको लागि खुलाएको विज्ञापन समावेशी नभएको भन्दै त्यसको चौतर्फी विरोध भइरेको बेला नेपाली काँग्रेसले लोकसेवा आयोगको सो विज्ञापन बन्द गरी नेपालको संविधान , २०७२ बमोजिम समावेशी ढंगबाट नयाँ विज्ञापन खुलाउन माग गरेको छ । स्थानीय तहमा करारमा कर्मचारी भर्ना नगर्न पनि उसले जोड दिएको जानकारी प्राप्त भएको छ ।
