भूतपूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन

भूतपूर्व शिक्षा मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य धनीराम पौडेलको ५३ वर्षको उमेरमा आज विहान ६ बजे चितवनको माडी नगरपालिका -५ माडी स्थित आफ्नै निमाणाधिन घरमा हृदयघात भई बगौडा अस्पताल लाने क्रममा बाटैमा निधन भएको खबर प्राप्त भएको छ । विद्यार्थी जीवनदेखि राजनीतिमा लाग्नु भएका पौडेल निर्मल लामा जीवित रहुञ्जेल उहाँले नेतृत्व गरेको नेकपा ( एकता केन्द्र) मा हुनुहुन्थ्यो । पछि नेपाल मसाल र नेकपा (एकयाकेन्द्र) वीच एकता भई नेकपा (एकताकेन्द्र -मसाल) बनेपछि पनि उहाँ सो दल मै हुनुहुन्यो । २०६२/०६३ को जनान्दोलनपछि सो दल विभाजन भई मोहन विक्रम सिंहको नेतृत्वमा नेकपा (मसाल) , नारायणकाजी श्रेष्ठको नेतृत्वमा नेकपा (एकताकेन्द्र -मसाल) र रामसिंह श्रीसको नेतृत्वमा नेकपा (एकताकेन्द्र मसाल) बन्दा उहाँ नारामणकाजी श्रेष्ठले नेतृत्व गरेको पार्टीमा हुनुहुन्थ्यो । २०६५ सालको संविधानसभा चुनावपछि नारायणकाजी श्रेष्ठको दल तत्कालीन नेकपा (माओवादी) सँग एकीकरण भई एनेकपा (माओवादी) पछि त्यही रहनुभयो भने एनेकपा (माओवादी) सँग नेकपा (क्रान्तिकारी माओवादी) बाट छुटेको बादल समूह तथा छुट्टै कम्युनिष्ट घटकको रुपमा रहेका मातृका यादव समुह , मणि थापख समुह , तिलक परियार समुह एक भई बनेको नेकपा (माओवादी केन्द्र) बन्दा उहाँ केन्द्रीय तहमा हुनुहुन्थ्यो । गत वर्ष नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) वीच एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पनि उहाँ केन्द्रीय समिति सदस्य हुनुहुन्थ्यो । २ छोरीका पिता उहाँकी श्रीमती गंगा वेलवासे पनि सोही दलको केन्द्रीय समितिया हुनुहुन्छ ।
उहाँको निधनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शोक प्रकट गरेको बुझिएको छ । उहाँको शब बगौडा अस्पतालमा राखिएको र उहाँलाई श्रद्धाञ्जलि दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल , सोही दलका नेता तथा गृहमन्त्री रामबहादुर थापा सहितका उक्तका नेताहरु माडी जाँदै गरेको जानकारी प्राप्त भएको छ ।