कोपा अमेरिका फुटवलमा ब्राजिल र कोलम्विया विजयी , पेरु र भेनेजुयलाले बराबरी खेले , पहिलो खेल मै अर्जेन्टिना स्तब्ध

0 Shares

हिजोबाट ब्राजिलमा शुरु भएको कोपा अमेरिका फुटबलमा ब्राजील र कोलम्बिया विजयी भएका छन् । हिजो भएको उद्घाटन खेलमा ब्राजीलले बोलिभियालाई ३-० गोल अन्तरले पराजित गरेको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा ब्राजिलका लागि खेलको दोस्रो हापको शुरु मै फिलेपे कौटिन्होले ३ मिनेटको फरकमा २ गोल गरे भने अर्को १ गोल वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका एभर्टनले खेलको ८५औँ मिनेटमा गरेका थिए । यो जीतसँगै ब्राजीलले उपाधिको दावेदारी प्रस्तुत गरेको छ ।

यता आज विहान भएको समूह ‘बी’ अन्तर्गतको खेलमा अर्जेन्टिना कोलम्वियासँग २-० गोल अन्यरले पराजित भएको छ । यो हारसँगै विश्वका चर्चित फुटवलर लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनी टोलीको उपाधि दौडमा धक्का लागेको छ ।  बल पोजिशन आफ्नो पकडमा राखेपनि र पटक -पटक गोल पोष्टमा आक्रमण गरेपनि अर्जेन्टिनाले गोल गर्न भने सकेन ।कोलम्वियाका लागि ७१औँ मिनेटमा रोजर मार्टिनेज ले  र ८६औँ मिनेटमा डुभान जापाटाले गोल गरेका थिए ।यसैगरी पेरु र भेनेजुयला बीचको खेल भने बराबरीमा सकिएको थियो ।

Leave a Reply