पेट्रोल , डिजेल र मट्टितेलको मुल्य रु. २ घट्यो

नेपाल आयल निगम लि. ले पेट्रोल , डिजेल र मट्टितेलको मुल्यमा गएरातीदेखि लागु हुने गरी प्रतिलिटर रु. २ घटाएको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पद्धार्थको मुल्य घटेसँगै भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मुल्यसुचीमा पेट्रोल , डिजेल र मट्टितेलको मुल्य घटेर आएकोले गएरातीदेखि नयाँ मुल्य लागू गरिएको नेपाल आयल निगम लि. का प्रवक्ता वीरेन्द्र गोइतको भनाई छ । घटेको मुल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा मुल्य रु.१०८ , डिजैल र पेट्रोलको मुल्य खुद्रा मुल्य रु.९६.५ कायम गरिएको छ । यता हवाई इन्धन र खाना पकाउने ग्यासको मुल्य यथावत रहेको बताइएको छ ।