प्रभु बैंकले ५ देशमा सम्पर्क तथा प्रतिनिधि कार्यालय खोल्ने

0 Shares

नेपाल राष्ट्र बैंकले ‘क’  वर्गको प्रभु बैंकलाई  भारत , कतार , मलेसिया , अष्ट्रेलिया  र बेलायतमा सम्पर्क तथा प्रतिनिधि कार्यालय खोल्न स्वीकृति दिएको छ । ती देशमा सम्पर्क तथा प्रतिनिधि कार्यालय खोल्न पाउँ भनी माग गरेर निवेदन दिएका कारण त्यस उपर आवश्यक अध्ययन र छलफल पश्चात स्वीकृति दिन उपयुक्त देखिएकोले सो स्वीकृति प्रदान गरिएको नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट सो स्वीकृति पाएसँगै भारतको नयाँ दिल्ली , कतारको दोहा , अष्ट्रेलियाको सिड्नी , मलेसियाको क्वालालम्पुर र बेलायतको एल्डरसट शहरमा उक्त कार्यालय खोल्ने प्रक्रिया अगाडि बढाउने प्रभु बैंक  स्रोतले जनाएको छ ।

 

Leave a Reply