भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को आयोजनामा एड्भान्स एक्सेल तालिम शुरु

0 Shares

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सघ लि भक्तपुरको संस्थागत विकास उपसमितिको आयोजनामा आज १२ दिन (२४ घण्टे) एड्भान्स एक्सेल तालिम उदय बचत तथा ऋण सहकारी संस्था लि., लिवाली ,भक्तपुरमा शुरु भयो । सो संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले तालिमको उद्घाट्न गर्दै संस्था नीति, विधि र प्रविधिबाट मात्र लक्ष्यमा पुग्न सक्ने हुँदा प्राविधिक तालिमको आवश्यकता औल्याउनुभयो ।
उक्त संघका सचिव एवं संस्थागत विकास उप-समितिका संयोजक जगनाथ प्रजापतीले कर्मचारीको क्षमता अभिवृद्धि गर्न तालिमको आयोजना गरेको बताउँदै तालिममा  सिकेका कुराहरु संस्थामा आफ्नो कार्य क्षेत्रमा प्रयोग गर्नुपर्ने विचार राख्नुभयो । उदय बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष नीलनारायण कोजुले प्राविधिक तालिमले संस्थाको कार्यक्षमता बृद्धि हुने कुरा बताउदै भक्तपुर  जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ले निरन्तर प्राविधिक तालिमको आयोजना गरेकोमा खुशी व्यक्त गर्नुभयो । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उप-समितिका सदस्य निर्मला सुवालले स्वागत मन्तव्य व्यक्त गर्नु हुँदै तालिमबाट प्राप्त ज्ञानको प्रयोगले मात्र तालिमले सार्थकता पाउने  बताउनुभयो । उक्त संघका व्यवस्थापक बालकृष्ण धोजुले सञ्चालन गर्नु भएको सो तालिम कार्यक्रममा उक्त संघको संस्थागत उपसमितिका संयोजक एवं संघका सचिव जगनाथ प्रजापतिले संघमा आवद्ध सदस्य संस्थाहरु नीति, विधि र प्रविधिमा सञ्चालनको लागि सहयोग होस् भनी विभिन्न किसिमका तालिमहरु दिर्दै आएको कुरा बताउनुभयो । सहजकर्ता विश्वराम मचामसीले सहजीकरण गर्नुभएको सो तालिममा १९ वटा संस्थाबाट २० जनाको सहभागिता रहेको छ ।

Leave a Reply